ललितपुर क्विन्सको मुख्य प्रायोजक रुप्से होलिडेज
सारांश
- रुप्से होलिडेजले ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने सम्झौता नवीकरण गरेको छ।
- सम्झौतामा क्विन्सका महाप्रबन्धक र रुप्से होलिडेजका बिजनेस डेभलपमेन्ट प्रमुखले हस्ताक्षर गरे।
- ललितपुर क्विन्सले महिला सशक्तीकरणलाई प्राथमिकता दिँदै एभरेस्ट महिला भलिबल लिगमा भाग लिनेछ।
काठमाडौँ । ट्राभल एण्ड टुर क्षेत्रको रुप्से होलिडेजले एभरेस्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलबार सम्झौता नवीकरण गरेको हो ।
ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से होलिडेजका बिजनेस डेभलपमेन्ट प्रमुख भुवन बस्नेत बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता दौरान ललितपुर क्विन्सको महिला सशक्तीकरणको योजनालाई साथ दिन पाउँदा रुप्से होलिडेज खुसी रहेको बस्नेत बताए । ‘महिला भलिबल खेलको विस्तार र खेलकुदमा महिला सशक्तीकरणको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा सहभागिता जनाउँदै आएको छ । यस कार्यमा हामी ललितपुरलाई समर्थन गर्न पाउँदा खुसी छौ,’ बस्नेतले भने ।
ललितपुर क्विन्समाथि पुनः विश्वास गरेर मुख्य प्रायोजकको रुपमा टोलीसँग जोडिनु भएकोमा शाक्यले रुप्से होलिडेज धन्यवाद व्यक्त गरे ।
‘हामीलाई निरन्तर विश्वास फेरी एक पटक हामीलाई साथ दिनु भएकोमा रुप्से होलिडेज प्रति हामी आभारी छौं,’ शाक्यले भने ।
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो । ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ ।
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण