शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

एकसाथ ४२ देशमा प्रदर्शनमा आउन लागेको ‘कोशेढुंगा’को ट्रेलरमा के छ ?

मङ्गलबार, ०३ भदौ २०८२, १४ : १७
मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक गरेको ट्रेलरमा प्रेम, प्रेम पाउनका लागि गरेको संघर्ष, वियोग समेटिएको छ । गाउँले परिवेश देखिएको ट्रेलरमा परम्परागत सामाजिक सोच र त्यसले जिन्दगीलाई पार्ने प्रभाव देखिन्छ ।

ट्रेलरमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविन खतिवडा, ऋचा शर्मालगायत कलाकार देखिएका छन् । ट्रेलरमा थ्रिलर र सस्पेन्स पनि छ । पैसाको बलमा सम्बन्ध जोड्ने रवाफ र चोखो प्रेमका लागि गरिएको संघर्षसहितको द्वन्द्व ट्रेलरमा समेटिएको छ । 

सरोज पौडेलको निर्देशन रहेको फिलम ‘कोशेढुंगा’ भदौ १२ गते रिलिजदेखि प्रदर्शनमा आउने तयारीमा छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको फिल्मस्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायांकन गरिएको हो । 

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्मका प्रेबिल कँडेल र किशोर अनुराग निर्माता हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशीष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । 

नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छ । फिल्म एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ । 

पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप