रोकियो नेपालको हारको शृङ्खला, नन्दन चम्किँदा हरिकेन्स पराजित
सारांश
- नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले टी-२० शृङ्खलामा पहिलो जित हासिल गर्यो।
- १ सय ८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स १६.१ ओभरमा ११४ रनमा समेटियो।
- नेपालका आरिफ शेखले सर्वाधिक ३३ रन बनाए भने नन्दन यादवले ५ विकेट लिए।
काठमाडौँ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले टप एण्ड टी–२० शृङ्खलामा पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको हो ।
योसँगै नेपालको तीन खेलको हारको शृङ्खला रोकिएको छ । नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली बंगलादेश ए सँग ३२ रनले स्तब्ध बन्यो भने पछिल्लो खेलमा मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले हार्न पुगेको थियो ।
१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६.१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्र जोड्न सक्यो । हरिकेन्सलाई सस्तोमा समेट्न नन्दन यादवले ३ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ५ विकेट लिए ।

हरिकेन्सका लागि ब्राड्ली होपले ३६ बलमा ३१ रन बनाए । चार्ली वाकिमले २१ बलमा २८ रन बनाए भने विकेट किपर ज्याक कर्टेनले १२ बलमा २१ रन बनाउँदै नटआउट रहे । नेपालका लागि रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १–१ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । टोलीका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा ३ चौका प्रहार गरे ।
त्यस्तै, ओपनर आसिफ शेखले २८ बलमा २९ रन बनाए । उनले २ चौका हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले २० बलमा ४ चौकाको मद्दतले २७ रन जोडे ।

लोकेश बमले ११ बलमा २५ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । भीम सार्कीले १८ बलमा १८ रन जोड्दै २ चौका प्रहार गरे ।
होबार्ट हरिकेन्सका लागि निभेथम राधाकृष्णन् र राफ म्याकमिलनले २–२ विकेट लिए । मार्कस बिन, गाबे बेल र ब्राडली होपले १–१ विकेट हात पारे ।
अब नेपालले अब पाँचौँ खेल अगस्ट २० मा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्नेछ । अन्तिम खेलमा नेपालले २२ तारिखमा पाकिस्तान शाहिन्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण