आमिर खानले डीएनए परीक्षण गराउनुपर्छ : फैसल खान
काठमाडौँ । बलिउड अभिनेता आमिर खानका भाइ फैसलले दाजुबारे एकपछि अर्को गर्दै रहस्य खुलाउँदै आएका छन् । बलिउडका मिस्टर परफेक्शनिस्टमाथि फैसलले कयौं आरोप लगाएका छन् ।
उनले आमिर खानको व्यक्तिगत जीवनका बारेमा पनि कुरा गरेका छन् । एक अन्तर्वार्तामा फैसलले आमिरको दुई विवाह, सम्बन्ध विच्छेद र अफेयरबारे केही सनसनीपूर्ण खुलासा गरेका हुन् । उनले आमिर खानको डीएनए परीक्षण गराउनुपर्ने समेत बताएका छन् ।
‘सबैलाई थाहा छ कि आमिर खान र जेसिका (फिल्म पत्रकार)बिच सम्बन्ध थियो र उनीहरूको एउटा बच्चा पनि छ । आमिर खानले यसलाई अस्वीकार गर्न सक्दैनन् । चाहनुहुन्छ भने तपाईँ डीएनए परीक्षण गराउन सक्नुहुन्छ । मसँग सबै कुराको प्रमाण छ, म त्यस्तो मानिस होइन जो मनगढन्ते कुरा बताउँदै हिँडोस्,’ हिन्दुस्तान टाइम्सलाई दिइएको अन्तर्वार्तामा फैसल खान भन्छन् ।
को हुन् जेसिका हाइन्स ?
आमिर खान र पत्रकार जेसिका हाइन्सबीच जुन अफेयरको कुरा गरिरहेका छन् यो अफेयर सञ्चार माध्यमको हेडलाइन पनि बनेको थियो । जेसिका १९९८ मा अमिताभ बच्चनमाथि पुस्तक लेख्न भारत आएकी थिइन् ।
टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार, स्टारडस्ट पत्रिकामा आमिर खान जेसिकासँग सम्बन्धमा रहेको भनिएको थियो । रिपोर्टमा आमिर खान र जेसिकाको जान नाम गरेका बच्चा छन् ।
आमिर र जेसिका फिल्म ‘गुलाम’को छायांकनको क्रममा भेटिएका थिए । आमिर खानले आजसम्म यस विषयमा केही बोलेका छैनन् । जेसिका पनि चुप नै छिन् ।
२००० को दशकको सुरुमा जेसिकाले एक छोरालाई जन्म दिइन् । उनको नाम जान राखेकी थिइन् । पछि उनले लन्डनका व्यापारी विलियम ट्याल्बोटसँग विवाह गरिन् ।
फैसल खानले सोमबार पत्रकार सम्मेलन गरेर एएनआईसँग पनि कुरा गरेका थिए । यसमा फैसलले आमिर खानमाथि धेरै आरोप लगाए । २००२ उनको जीवनको सबैभन्दा कठिन चरण रहेको फैसलले बताए । उनले त्यही वर्ष विवाह गरे तर चाँडै सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद पछि, परिवारले उनलाई पुनर्विवाह गर्न दबाब दियो ।
त्यसपछि फैसलले परिवारलाई पत्र लेखे, जसमा उनले परिवारको नटिक्ने विवाहको उल्लेख गरेका थिए यस्तो अवस्थामा, परिवारले उनलाई गलत बुझे र मानसिक अस्पतालमा भर्ना गरे ।
आमिर खान, उनकी आमा, बहिनी निखत र परिवारका केही अन्य सदस्यहरूले उनलाई पागल साबित गर्न षड्यन्त्र रचेको फैसलको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण