प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखे ।
बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले नेपालको भू–भाग लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने चीन र भारतको सम्झौताको विरोध गरे ।बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरे ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्,’ भन्ने प्रस्ताव पेस गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरे ।
उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले पारित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण