भूमि विधेयक आज प्रतिनिधिसभामा पेस हुने, छलफल नहुने
सारांश
- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने भएको छ।
- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र रास्वपाले भने फरक मत राखेका छन्।
- सभामुखको अन्यथा आदेश नभएमा, प्रतिवेदन पेश भएको २४ घण्टापछि मात्रै छलफल हुनेछ।
काठमाडौँ । लामो गलफतीपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ शुक्रबार (आज) प्रतिनिधिसभामा पेस हुने भएको छ ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा समिति सभापति कुसुमदेवी थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने उल्लेख छ । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन् ।
आज विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस भए पनि छलफल हुने सम्भावना छैन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख देवराज घिमिरेबाट अन्यथा आदेश भएमा बाहेक आज पेस हुने भूमिसम्बन्धी विधेयकमा छलफल नहुने जानकारी दिए ।
‘सभामुखको अन्यथा आदेश भएमा बाहेक प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको २४ घण्टा पछाडि बस्ने कुनै पनि बैठकमा समितिका प्रतिवेदनहरूमाथि छलफल गर्ने सभाको नियमावलीमा व्यवस्था छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने ।
बिहीबार नै लामो गलफतीपछि फरक मतसहित पारित भएको विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी प्रतिवेदन भने समितिबाट सङ्घीय संसद् सचिवालयमा आई नपुगेको गिरीले जानकारी दिए । प्रतिवेदन सभाको बैठक अगावै सचिवालयमा पेस भएमा सभामा पेस गर्न भने समस्या नहुने गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण