सिमीकोटको बजेट ३४ करोड २२ लाख
हुम्ला - सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ ।
मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २२ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो जसमा रु एक करोड एक लाख ११ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिकाले विद्यालय र सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । सिमीकोटदेखि धारापानीसम्म सडक निर्माणको लागि रु ९१ लाख बजेट छुट्याइएको छ । प्रत्येक वडामा सडक, रोजगार र एक घर एक बिरुवाको अवधारणा पनि ल्याइएको छ ।
उक्त गाउँसभा सिमिकोट गाउँसभाका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षतामा सञ्चालन भएको थियो ।
अन्तर्राष्ट्रिय लागूपदार्थविरुद्धको दिवस
यसैबीच, जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।
सदरमुकाम सिमीकोट बजारमा लागूपदार्थ विरोधी नारासहितको ¥यालीमा राजनीतिक दल, स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी, निजामती कर्मचारी, विद्यालयका शिक्षक, व्यापारीसमेतको उपस्थिति रहेको थियो ।
प्रजिअ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मंगलबारदेखि कसैले पनि लागूपदार्थ सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण