देश चलेकै छ
गठबन्धन ठूलो छ तैपनि डरै डरमा छ
आफ्नै भारले किच्ने हो कि पिरै पिरमा छ
जेलमा कैदी भेट्न जानेहरूसँग डराको छ
२०८४ आउँदैछ, कैदीसँग सातो हराको छ
कैदी भेटाउने जेलरसँग झनै रिस उठेको छ
केही छुटेका कैदीहरू देख्दा होस उडेको छ
पार्टी सदस्यता खोज्ने आफ्नैसँग तर्सेको छ
सम्पर्क अड्डा किन खोलेको? झस्केको छ
आदेश फर्मान नमान्नेहरू कस्ता मूर्खहरू हुन्
बादशाह नाङ्गै छ भनेर कुन दिन भन्ने हुन्
सांसदहरूको हस्ताक्षर लिइहाल्नु त्यता डर छ
हस्ताक्षरको कारण नखोल्नु तिनले नमान्ने डर छ
विपक्षीहरूलाई साइजमा ल्याइ पत्तासाफ गर्नुछ
नियुक्ति, पजनी नगरे आफैँ पत्तासाफ हुने डर छ
दुई छिमेकीहरूले पश्चिममा सीमा मिच्दैछन्
परदेशमा विपिनहरू ज्यानको भिख माग्दैछन
यो गठबन्धनको एजेन्डा होइन, किन सोधेको
काम सबै तमाम गर्दैछौं बिचौलियाले रोजेको
मेरो देश यसरी नै चलेको, यसरी नै चलेको ।
टोखा-११, काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण