यति धेरै चर्चामा किन छ ट्रम्पको नयाँ टोपी ?
सारांश
- डोनाल्ड ट्रम्पको नयाँ टोपी सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा 'ट्रम्प वाज राइट अबाउट एभ्रिथिङ' लेखिएको छ।
- ट्रम्पको टोपीलाई २०२८ मा चुनाव लड्ने संकेतको रूपमा हेरिएको छ, जसले अमेरिकी संविधानको २२औँ संशोधनलाई चुनौती दिन्छ।
- टोपीले राजनीतिमा गर्मागर्मी र सामाजिक सञ्जालमा मीम्स दुवैलाई जन्म दिएको छ, समर्थक र विरोधीहरू दुवैको ध्यान खिचेको छ।
वासिङ्टन डिसी । अमेरिकी राजनीतिमा राष्ट्रपति डोनाल्ड ट्रम्प सधैँ चर्चामा रहन्छन् । कहिले आफ्नो बयानले त कहिले निर्णयका कारण उनी प्रायः हेडलाइनमा छाइरहन्छन् ।
यस पटक पनि ट्रम्प चर्चामा छन् । उनको यो चर्चाका कारण उनको छोपी हो । यसअघि ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ टोपी निकै चलेको थियो । अब भने सामाजिक सञ्जालमा उनको नयाँ टोपी भाइरल भइरहेको छ । यो नयाँ रातो टोपीमा ठुलो ठुलो अक्षरमा ‘ट्रम्प वाज राइट अबाउट एभ्रिथिङ’ अर्थात् ट्रम्प हरेक कुरामा सही थिए भनेर लेखिएको छ । ट्रम्पले २०२५ को अगस्ट २२ मा यही टोपी लगाएर फिफा विश्व कपको ड्रको घोषणा गरेका थिए । त्यतिबेला देखि नै मानिसहरूले टोपीमा लेखिएका शब्दको अर्थ खोजिरहेका थिए ।
ट्रम्पको अर्को टोपीमा ‘ट्रम्प २०२८’ पनि लेखिएको थियो । अब दुवै टोपीमा लेखिएका कुराहरू सामाजिक सञ्जालमा अहिले चर्चामा छन् । ‘ट्रम्प २०२८’लाई केही मानिसहरूले केवल फेसन स्टेटमेन्ट मात्र नभएर २०२८ मा उनले चुनाव लड्ने संकेतका रूपमा हेरेका छन् । यसलाई अर्को राष्ट्रपति निर्वाचनको प्रत्यक्ष राजनीतिक सन्देश मान्नेहरू पनि छन् । अर्थात्, यो सन्देशले अमेरिकी संविधानको २२ औँ संशोधनलाई चुनौती दिन्छ, जसले कुनै पनि व्यक्तिलाई दुई पटक भन्दा बढी राष्ट्रपति बन्नबाट रोक्छ ।
ट्रम्पको टोपी शौकबारे अमेरिकामा धेरै आलोचना भइरहेको छ । एक अमेरिकीले सामाजिक सञ्जालमा लेखे– ‘विश्व नेताहरूको अगाडि ट्रम्पले चीनमा बनाइएका आफ्ना टोपीहरू देखाउनु भनेको यो कुराको सबैभन्दा ठुलो उदाहरण हो कि उनी अब विश्वस्तरमा खिसीटिउरी र लज्जाको कारण बनेका छन् ।’
यो टोपीले राजनीतिमा गर्मागर्मी र सामाजिक सञ्जालमा मीम्स दुवैलाई जन्म दिएको छ । एक सर्वेक्षण अनुसार, ४९% रिपब्लिकन समर्थकहरू ट्रम्प तेस्रो कार्यकालको लागि योग्य छन् भन्ने विश्वास गर्छन् । अर्कोतर्फ, डेमोक्रेटहरूले असंवैधानिक भन्दै यसको विरोध गरिरहेका छन् । ट्रम्पको नयाँ टोपी अब केवल कपडाको टुक्रा मात्र होइन, राजनीतिको नयाँ हतियार बनेको छ । यो उनको ब्रान्डको पहिचान हो, उनका समर्थकहरूको लागि उत्साह हो भने र उनका विरोधीहरूका लागि ठुलो टाउको दुखाइ पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण