गायक रामकृष्ण ढकालको फिल्म मालती मंगलेको शुभ मुहूर्त
बिहीबार, १२ भदौ २०८२, १३ : ५३
सारांश
- गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र मालती मंगलेको शुभ मुहूर्त सम्पन्न भयो।
- चलचित्र रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा बन्ने छ।
- चलचित्रमा विजय बराल, वर्षा राउत, सुवर्ण थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ।
काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र मालती मंगलेको बिहीबार शुभ मुहूर्त गरिएको छ ।
रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रको आज कोटेश्वर महादेवस्थान मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।
यही भदौ १४ गतेदेखि छायाङ्कन सुरु हुने चलचित्र मालती मंगलेमा विजय बराल, वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू रहेका छन् ।
चलचित्रमा पटकथा तथा संवाद लेखन संयोग गुरागाईंको रहेको छ । मालती मंगलेलाई प्रकु पाण्डेयले निर्देशन गर्न लागेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण