दसैँपछि महाधिवेशनको मिति टुङ्गो लाग्छ : महामन्त्री थापा
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दसैँपछि १५ औँ महाधिवेशनको मिति टुङ्गो लाग्ने बताए।
- उनले पार्टी विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने दाबी गरे, र लोकतन्त्र र विकासको लागि प्रतिबद्धता व्यक्त गरे।
- थापाले पार्टीभित्रका चुनौती समाधान गर्न र सरकारलाई सहयात्री दलहरूसँगै अघि बढाउनुपर्ने बताए।
जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने बताएका छन् ।
सर्लाहीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आएका महामन्त्री थापाले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीको विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने दाबी गरे ।
उनले मुलुकलाई लोकतन्त्र, सुशासन र विकासको मार्गमा अघि बढाउन पार्टीले दृढ भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पार्टीलाई अझ सुदृढ बनाउन संगठन विस्तारमा जोड दिइने र जनताको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न पहल गरिने उनको भनाइ थियो ।
महामन्त्री थापाले पार्टीभित्र देखिएका आन्तरिक चुनौतीलाई सहमति र संवादमार्फत समाधान गर्दै अघि बढ्ने स्पष्ट पारे । ‘कसले के भन्यो भन्नेभन्दा पनि विधानअनुसार अघि बढ्नै पर्छ,’ उनले भने ।
उनले वर्तमान सरकार दुईभन्दा बढी दलको सहमतिमा बनेको हुँदा सहयात्री सबै दललाई समेटेर अघि बढ्न जरुरी रहेको जिकिर गरे । उनले तत्काल सरकार परिवर्तन नहुनेसमेत प्रस्ट पारे ।
आफू अहिले चौधौँ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने भूमिकामा रहेको जिकिर गर्दै महामन्त्री थापाले पन्ध्रौँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने या नगर्ने भन्नेतिर अहिले नै विचार नगरेको बताए । उनले नयाँ क्रियाशील सदस्यता वितरण र पार्टी विधान संशोधनको कामसमेत आगामी महाधिवेशनअन्तर्गत नै हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण