आहा ! क्या सुन्दर तिब्बती पठार (फोटोफिचर)
छेन्दु । सिचुवान प्रान्तको छेन्दु यस्तो प्राप्त हो जुन भौगोलिक विविधताले भरिपूर्ण छ । प्राकृतिक स्रोतले भरिपूर्ण सिचुवानको एक महत्वपूर्ण भूभाग हो, हङ्युन । यो क्षेत्रमा विशाल पठार रहेका छन् ।
विशाल पठार क्षेत्रमा निकै सुन्दर र मनमोहन दृश्यावलोकन गर्न सकिन्छ ।
समुन्द्र सतहबाट करीब ३८ सय मिटर उचाईमा रहेको यो पठार क्षेत्रमा जहाँतही चौरी र भेडीगोठ देख्न सकिन्छ भने चौरीका बथान पठारभरी छरिएर चरिरहेको दृश्य देख्न सकिन्छ ।
यो क्षेत्रको पर्यटन विकासमा जोड दिएको चीनले यहाँसम्म पुग्नको लागि पक्की बाटोको व्यवस्था गरेको छ भने पर्याप्त सुविधा सम्पन्न होलटहरु पनि सञ्चालनमा रहेका छन् ।
निकै उचाईमा रहेपनि पानीका प्रसस्त स्रोतहरु देख्न सकिन्छ । तिब्बतीय समूदायको बसोबास रहेको यस क्षेत्रको बस्ती समेत निकै योजनाबद्ध ढंगले बसाइएको छ ।
सिचुवान प्रान्तको राजधानी छेन्दुबाट करीब ९ घण्टाको सडक यात्रापछि तिब्बत नजिकैको यो विकट इकालामा पर्ने यो पठार क्षेत्र हङ्युन पुगिन्छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण