कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
शनिबार, १४ भदौ २०८२, ०८ : ४६
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएपछि राष्ट्रपतिले सिंहलाई कार्यवाहक तोकेका हुन्।
- ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम गर्नेछन्, प्रधानमन्त्री भदौ १८ गते फर्किने कार्यतालिका छ।
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीसहितको टोली भदौ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
-
ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
-
काठमाडौँ उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
-
हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै
-
सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल
-
संविधान संशोधन गरेर जिससलाई अधिकार सम्पन्न बनाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण