सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, केन्द्रीय क्यान्टिनलाई २ लाख जरिवाना
सारांश
- सिंहदरबारभित्रको केन्द्रीय क्यान्टिनलाई गुणस्तरहीन सामान प्रयोग गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
- क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी ६ हजार ५ सय ६० रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ ।
- यस्तै, भक्तपुरको एक पानी उद्योगलाई उत्पादनको लेबल नराखी बिक्री गरेकोमा १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनसहित १२ वटा व्यावसायिक फर्महरूमा अनुगमन गरी कैफियत भेटिएकालाई कारबाही गरेको छ ।
विभागले शुक्रबार गरेको नियमित अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने फर्महरूलाई जरिवाना र निर्देशन दिएको हो ।
विभागका अनुसार सिंहदरबारभित्र सञ्चालित ‘जीएण्ड बी क्याफे ग्रुप’ (केन्द्रीय क्यान्टिन) लाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त क्यान्टिनले गुणस्तरहीन सामान प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी ६ हजार ५ सय ६० रुपैयाँ बराबरको सामग्री समेत नष्ट गरिएको छ ।
त्यसैगरी, भक्तपुरको चाँगुनारायणस्थित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ लाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पानी उद्योगले उत्पादनको लेबल (विवरण) नराखी बिक्री वितरण गरेको पाइएकाले कारबाही गरिएको हो ।
अनुगमनका क्रममा अन्य १० वटा फर्महरूलाई भने सामान्य निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घद्वारा राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत
-
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि
-
नेपाल माइक्रो इन्स्योरेन्समा सञ्चालक समितिको अध्यक्षमा लुइँटेल र सदस्यमा सत्याल नियुक्त
-
घुमन्ते राउटेका लागि कर्णाली सरकारले ल्यायो घुम्ती सेवाको अवधारणा
-
उपत्यकामा अव्यवस्थित तार व्यस्थापन अभियान तीव्र
-
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण