चितवन राइनोजद्वारा कुशल मल्लसहित सात खेलाडी रिटेन
सारांश
- चितवन राइनोजले नेपाल प्रिमियर लिगको आगामी सिजनका लागि कुशल मल्लसहित सात जना खेलाडीलाई रिटेन गरेको छ।
- यी खेलाडीहरूले अघिल्लो सिजनमा टोलीको प्रदर्शन सुधार्न र समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
- बलियो कोर समूहलाई निरन्तरता दिनु आगामी सिजनको सफलताका लागि पहिलो र महत्त्वपूर्ण कदम भएको व्यवस्थापनले जनाएको छ।
भरतपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो तयारीलाई तीव्र बनाएको छ। टोलीले आगामी सिजनका लागि आफ्ना पुराना सात जना महत्त्वपुर्ण खेलाडीहरूलाई रिटेन गरेको औपचारिक घोषणा गरेको हो।
टोलीमा निरन्तरता, स्थायित्व तथा दीर्घकालीन सफलतालाई केन्द्रमा राख्दै बलियो आधार कायम राख्ने उद्देश्यका साथ यी खेलाडीहरूलाई रिटेन गरिएको फ्रेन्चाइजले स्पष्ट पारेको छ।
चितवन राइनोजले आगामी सिजनका लागि भरपर्दा अलराउन्डर कुशल मल्ल, युवा ब्याटर देव खनाल, तीव्र गतिका बलर कमल सिंह ऐरी, विकेटकिपर ब्याटर अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरालाई टोलीमै सुरक्षित राखेको छ। यी खेलाडीहरूले अघिल्लो सिजनमा टोलीको प्रदर्शन सुधार्न र समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। राष्ट्रिय टोलीको अनुभव, घरेलु क्रिकेटमा स्थापित प्रदर्शन तथा युवा प्रतिभाको उत्कृष्ट संयोजन रहेको यस समूहलाई आगामी सिजनको टोली निर्माणको मुख्य जगका रूपमा हेरिएको छ।
टोलीका प्रमुख खेलाडी कुशल मल्लको नेतृत्व क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा एक्लै खेल जिताउन सक्ने क्षमताले चितवन राइनोजलाई आगामी सिजनमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। त्यसैगरी देव खनाल र अर्जुन साउद नेपाली क्रिकेटका निकै सम्भावनाशील युवा खेलाडीका रूपमा स्थापित भइरहेका छन् भने कमल सिंह ऐरीको अलराउण्ड क्षमता टोलीको सन्तुलनका लागि महत्त्वपूर्ण रहनेछ। अर्कोतर्फ रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोराले आफ्नो निरन्तरको उत्कृष्ट प्रदर्शन, कडा मेहनत र खेलप्रतिको समर्पणमार्फत टोली व्यवस्थापनको मन जित्न सफल भएका छन्।
चितवन राइनोज व्यवस्थापनका अनुसार यसरी बलियो कोर समूहलाई निरन्तरता दिनु आगामी सिजनको सफलताका लागि पहिलो र महत्त्वपूर्ण कदम हो। व्यवस्थापनले अब हुने खेलाडी ड्राफ्ट तथा अन्य भर्ती प्रक्रियामार्फत बाँकी खेलाडीहरू चयन गर्दै थप सन्तुलित र प्रतिस्पर्धात्मक टोली निर्माण गरिने जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
-
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
-
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
-
हुम्ला–बाजुरा सीमा विवाद: आरोप–प्रत्यारोपका बिच कर्णाली करिडोर ठप्प, सर्वसाधारण मारमा
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण