मुम्बईमा अभिनेत्री सुमोना चक्रवर्तीलाई बाटोमै दुर्व्यवहार
सारांश
- अभिनेत्री सुमोना चक्रवर्तीले मुम्बईमा आफूमाथि दुर्व्यवहार भएको खुलासा गरेकी छिन्।
- उनको गाडी रोकेर प्रदर्शनकारीहरूले नारा लगाए र अनौठा क्रियाकलाप गरे।
- सुमोनाले सडकको अस्तव्यस्तता र असुरक्षित महसुस गरेको बताइन्, साथै राम्रो शासनको माग गरिन्।
मुम्बई । कपिल शर्मा शोमा कपिलकी श्रीमतीको भूमिकामा देखिएकी अभिनेत्री सुमोना चक्रवर्तीले मुम्बईको कोलाबामा आफूमाथि दुर्व्यवहार भएको खुलासा गरेकी छन् ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत घटनाबारे जानकारी दिँदै प्रदर्शनकारीहरूको भीडले उनको गाडी रोकेर नारा लगाएको र अगाडि अनौठा क्रियाकलाप गरेको बताएकी छन् ।
सुमोनाका अनुसार, ‘घाँटीमा भगवा स्कार्फ बाँधेका एक व्यक्ति मेरो कारको बोनेटमा हिर्काउन थाले । उनले आफ्नो पेट कारमा थिच्दै अनौठो व्यवहार गर्दै थिए । उनका साथीहरू ‘जय महाराष्ट्र!’ भनेर चिच्याउँदै झ्यालमा हिर्काइरहेका थिए । पाँच मिनेटमै दुईपटक यस्तो भयो, तर नजिकै प्रहरी थिएनन् ।’
उनले मुम्बईजस्तो सहरमा पहिलोपटक दिनदहाडै आफ्नै कारभित्र असुरक्षित महसुस गरेको बताइन् । ‘यदि म एक्ली भएको भए के हुन्थ्यो भन्ने डर लाग्यो,’ उनले लेखिन् ।
सुमोनाले सडकको अस्तव्यस्त अवस्था, फोहोर, फुटपाथ कब्जा गर्दै प्रदर्शनकारीहरूले खाना पकाउनेदेखि व्यक्तिगत गतिविधि गर्ने गरेको भन्दै व्यवस्थाप्रति आक्रोश पनि पोखिन् ।
पोस्टको अन्त्यमा उनले लेखिन्, ‘हामीलाई यो भन्दा राम्रो शासन र नागरिक जिम्मेवारी चाहिन्छ । कर तिर्ने नागरिक र महिलाको हैसियतमा, म गहिरो रूपमा विचलित छु । हामी आफ्नै सहरमा सुरक्षित महसुस गर्ने हकदार छौँ ।’
क्याप्सनमा उनले भारतको वर्तमान अवस्थाप्रति असन्तोष प्रकट गर्दै लेखेकी छन्, ‘यो प्रगतिशील समाज होइन, बरु जातिवाद, धर्म, राजनीति, भ्रष्टाचार, निरक्षरता र बेरोजगारीले चलाएको अधोगति हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण