संसद् बैठक
राष्ट्रियसभा बैठक बस्ने समय परिवर्तन
मङ्गलबार, १७ भदौ २०८२, १४ : ३६
काठमाडौँ । मङ्गलबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ । आजै दिउँसो सवा ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको हो ।
विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय निजामती विधेयक पेस हुँदै छ ।
यसअघि आजै विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि सहमति जुटेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण