इनास अमेरिकाको अध्यक्षमा गायक श्रीजन ताम्राकार
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित भएका छन् ।
अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका गायक ताम्राकार २०२५/२०२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
अमेरिकाको पेन्सिलभेनिया राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, गायिका रीता श्रेष्ठ, कलाकार तथा तेक्वादो प्रशिक्षक विकास घले गुरुङ र गायक तथा सङ्गीतकार लक्ष्मण पौडेल निर्वाचित भए ।
प्रवक्तामा सञ्चारकर्मी तथा साहित्यकार प्रकाश नेपाल, महासचिवमा फोटोग्राफर तथा कार्यक्रम व्यवस्थापक दिलिप श्रेष्ठ, सचिवमा चिरञ्जीवी गुरागाईँ, कोषाध्यक्षमा मोडल तथा नायक मनिष शर्मा र सह–कोषाध्यक्षमा नारायण खकुरेल छन् ।
सदस्यहरूमा अनिल तिमल्सेना, अमिता लामा, राजेश श्रेष्ठ, राजु केसी, विनोद गिरी, तथा सुशान मानन्धर निर्वाचित भएका छन् ।
राष्ट्रिय समितिको सल्लाहकारमा समाजसेवी श्याम कार्की, समाजसेवी तथा व्यवसायी अमर छन्त्याल, अभिनेता राजवल्लभ कोइराला, गायिका अञ्जना गुरुङ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख: दुई जनाविरुद्ध ठगी मुद्दा
-
निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
-
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
-
फर्पिङका गोठाला दाइका आफ्नै व्यथा (तस्बिरहरू)
-
अमेरिकाद्वारा मारिए भेनेजुएलाको ‘ट्रेन दे आरागुवा’का नेता गुरेरो
-
प्रोटिनको कमी छ ? चनासँग खानुस् यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण