पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई बालबालिका गम्भीर
बुधबार, १८ भदौ २०८२, १० : ५०
सारांश
- काठमाडौँको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई बालबालिका घाइते भए ।
- दुर्घटनामा ९ वर्षीय विवेक तामाङको अवस्था गम्भीर रहेको छ, उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
- माइक्रो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । काठमाडौँको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका घाइते भएका छन् ।
पद्मोदय मोडबाट कमलादी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका बालबालिकालाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
दुर्घटनामा ९ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ घर भएकी ५ वर्षीय आशिका राई घाइते भएका छन् ।
विवेक तामाङको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचार हुँदै छ । आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ । माइक्रो चालक सिन्धुपाल्चोक घर भएका २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण