एमालेकाे विधान महाधिवेशन
एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने
बुधबार, १८ भदौ २०८२, १४ : ३८
काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा एमालेले पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
यही शुक्रबार (भदौ २० देखि) गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदैछ ।
विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ ।
१०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०–२२ भदौमा एमालेको विधान महाधिवेशन हुँदै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण