अपडेट
डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन
बुधबार, १८ भदौ २०८२, १५ : ४५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएकोमा कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएका छन् ।
बुधबार वाग्लेले दुरुपयोग गर्ने विरुद्ध उजुरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उजुरी उपर अनुसन्धान हुने अवस्थीले बताए ।
वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिपफेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
उनले काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा २ बजेर १५ मिनेटमा उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण