आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई अघि सार्ने

बिहीबार, १९ भदौ २०८२, १४ : २९
बिहीबार, १९ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएपछि उनलाई कांग्रेसले सुनुवाइ समितिमा सभापति बनाउन लागेको हो।
  • संसदीय सुनुवाइ समितिको सभापतिका लागि भदौ १० गते सम्म उम्मेदवार दर्ता गर्न समय तोकिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ । 

‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति बनाउने निर्णय लिएको हो ।

साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई एक महिना नबित्दै अर्को समितिमा सभापति बनाउन लागिएको हो । 

खतिवडाले राजीनामा दर्ता गर्ने निर्देशन पार्टीबाट आएको जानकारी दिए । ‘पार्टीले संसदीय सुनुवाइ समिति सभापतिमा उम्मेदवारी दर्ता गर्न भनेको छ । अझैसम्म तर्दा गर्न गएको छैन,’ खतिवडाले रातोपाटीसँग भने ।  

समिति सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन् । सङ्घीय संसद् सचिवालयले बिहीबार दिउँसो ४ बजेसम्म समिति सभापतिमा उम्मेदवार दर्ता गर्ने समय तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप