शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

क्यानडामा भरतमणिको 'पारस अवतार'

शुक्रबार, २० भदौ २०८२, १६ : १९
शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन २’का विजेता भरतमणि पौडेलले क्यानडामा पनि पूर्वयुवराज पारस शाहको गेटअपमा दर्शक हँसाएका छन् ।

‘अब हाँस्छ क्यानडा टुर’को क्रममा क्यानडा पुगेका भरतमणिले त्यहाँ आयोजित आधा दर्जन कार्यक्रममा पारस शाहको गेटअपमा दर्शक हँसाएका हुन् । पूर्वयुवराज शाहको गेटअपमा उनले दिएको प्रस्तुतिमा दर्शकदीर्घबाट 'वान्स मोर'को हुटिङसमेत गुञ्जिएको थियो । 

शाहको गेटअपमा आफूले दिएको प्रस्तुति दर्शकले निकै रुचाएको भरतमणिले बताए । ‘क्यानडा टुर सोचेभन्दा धेरै रमाइलो भइरहेको छ,’ पौडेलले भने, ‘दर्शकको साथ र माया निकै मिल्यो ।’ क्यानडाको कार्यक्रममा आफूले शाहको गेटअपका अलावा समसामायिक विषयवस्तु र अन्य क्यारिकेचरसमेत प्रस्तुत गरेको उनले जानकारी दिए । 

bharatmani2

आँगन इभेन्टस् र यु इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘अब हाँस्छ क्यानडा टुर’ भरतमणिसँगै पछिल्लो समयका चर्चित कमेडियन कैलाश कार्की, सुमन कार्की पनि सहभागी छन् । अस्ट्रेलिया र अमेरिकाको सफलतापछि यो टुर क्यानडमा आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप