एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेक्रम जारी
आइतबार, २२ भदौ २०८२, १३ : २५
काठमाडौँ । गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गत नेताहरूले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।
महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले गरेको प्रश्नको जवाफ दिइसकेका छन् । महासचिव पोखरेलपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उपाध्यक्ष विष्णु पौडेलपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि आजै लेखा आयोगको अध्यक्ष चयन गरेर महाधिवेशन समापन गर्ने तयारी छ । विधान महाधिवेशनमा २ हजार ३४१ जना सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण