सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले आम जनमानसको मनोभावना नबुझेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका हुन् । उनले सामाजिक सञ्जाल रमाइलो मात्र नभई जीवनसंग जोडिएको समेत बताए ।
'सामाजिक सञ्जाल मनोरञ्जनको कुरा मात्र होइन,यससँग आर्थिक पाटो पनि जोडिएको छ । धेरै मानिसहरूले यसबाट रोजगारी सिर्जना गरिरहनुभएको छ । आम्दानी गरिराख्नुभएको छ । आज ती सबै बन्द भएको छ,' शर्माले भने ।
उनले सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा भने आउनैपर्ने समेत बताए । उनले सामाजिक सञ्जालहरू करकाे दायरामा ल्याइनैपर्ने समेत बताए । सरकारले सामाजिक सञ्जाल बन्द गरेर नभई अर्को विकल्प अपनाएर दर्ता प्रक्रियामा ल्याउनुपर्नेमा त्यसो नगरिएको बताए ।
'सकारात्मक बाटोबाट विभिन्न डाइलगहरू गरेर सरकार अघि बढ्नुपर्थ्यो ,त्यसो गरिएन,'उनले भने । फरक प्रसङ्गमा बोल्दै शर्माले भ्रष्टाचार विरुद्ध सबैले सङ्घर्ष गर्नुपर्ने बताए ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि सबैको सम्पत्ति छानबिन गर्नुपर्ने समेत बताए । जनताप्रति नेताहरू जवाफदेही हुनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण