रौतहटमा बोक्सीको आरोपमा कुटपिट
सारांश
- रौतहटमा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ, जसले गर्दा उनको कपाल मुण्डन गरिएको थियो।
- मृतकका परिवारले सुशीला देवीलाई उनकी श्रीमतीको मृत्युको लागि दोष दिए, जसले गर्दा आक्रमण भयो।
- प्रहरीले घटनास्थलबाट पीडित महिलालाई उद्धार गरेको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।
रौतहट । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेको खुलासा भएको छ ।
४० वर्षीय स्थानीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आइतबार सुशीला देवीमाथि बोक्सीको आरोपमा सामूहिक कुटपिट र दुर्व्यवहार भएको हो ।
दिनेश साह कानुकी श्रीमती ३७ वर्षीय संगीता देवी अकस्मात बिरामी भएपछि उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा आइतबार दिउँसो २ बजे बाटोमै उनको मृत्यु भयो ।
सुशीला देवीले टुनामुना गरेका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारजनले कुटपिट गर्नुका साथै केश मुण्डन गरी अमानवीय व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।
घटनाबारे जानकारी पाउनासाथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पीडित महिलालाई उद्धार गरेको थियो । कुटपिट तथा अमानवीय कार्यमा संलग्न तीनै जना घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी राजन कार्कीले बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जनामाथि पीडितको तर्फबाट जाहेरी परेको बताए । आरोपितहरूले महिलालाई कुटपिट गरी केश मुण्डन गरेको उनको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
-
प्रहरी समायोजन र कर्मचारी व्यवस्थापन नहुँदा प्रशासनिक सङ्घीयता कमजोर बन्यो : दङ्गाल
-
सरकारले सङ्घीयताको भावना र मर्म विपरीत कार्य गर्यो : मदनकुमारी साह
-
चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री
-
बागमती नदीमा सशस्त्र प्रहरीको जल उत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
-
उत्तर कोरिया प्रतिबन्धबारे लीको टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण