जबजको आलोकमा वामपन्थी जनमत ‘ध्रुवीकरण’को पक्षमा एमाले
काठमाडौँ । साना कम्युनिस्ट पार्टीहरू वाम एकताको कसरतमा लागिरहेका वेला नेकपा एमालेले पनि आफूलाई जनताको बहुदलीय जनवाद (जबज) को आलोकमा वामपन्थी जनमत ध्रुवीकरणको पक्षमा उभ्याएको छ ।
गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले विभिन्न २९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमालेले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको मूल धार आफू नै भएको भन्दै वामपन्थी जनमत ध्रुवीकरणको पक्षमा उभ्याएको हो ।
‘नेकपा (एमाले) एकता र एकीकरणको मुख्य बाहक हो । जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा, सुदृढ संगठन र प्रभावशाली नेतृत्वको वरिपरि सिङ्गो वामपन्थी जनमत ध्रुवीकृत हुनु आजको आवश्यकता हो’, एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ । एमालेले यही आवश्यकता र राष्ट्रिय कार्यभारलाई मनन गर्दै वामपन्थी विचारधारामा विश्वास गर्ने आम जनसमुदायलाई नेकपा (एमाले)मा गोलबन्द हुन आह्नवान गरेको छ । एमालेले पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि मुलुकको अर्थतन्त्र लयमा फर्किएको र राजनीतिक स्थायित्वको आधार निर्माण भएको दाबी गरेको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसबिच सम्पन्न ७ बुँदे सहमतिको आधारमा पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारको कार्यकाल चौध महिना पुरा भएको छ ।
‘दुई प्रमुख दलको सहकार्यसँगै राजनीतिक स्थायित्वको आधार निर्माण भएको छ । बरालिएको र ओरालो लागेको अर्थतन्त्रलाई सकारात्मक पहलमार्फत लयमा फर्काइएको छ’, एमालेले विधान महाधिवेशनले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘सडक, सिँचाई, सुरुङ मार्गलगायतका ठुला पूर्वाधार निर्माणको काममा गति पैदा भएको छ । आन्तरिक तथा बाह्य लगानीका लागि कानुनी तथा संरचनागत सुधार गरिएको छ ।’
लामो समयदेखि सङ्घीय संसदमा अड्किएका विधेयकहरूलाई पारित गरी विधायकी काममा तीव्रता दिइएको जनाउँदै एमाले यसबिचमा प्रधानमन्त्रीको तहबाट भएका वैदेशिक भ्रमणका क्रममा (चीन, संयुक्त राष्ट्रसङ्घ, स्पेन, थाइल्याण्ड, तुर्केमिनास्तान) दुई पक्षीय तथा बहुपक्षीय मञ्चमा प्रधानमन्त्रीको सम्बोधनले विश्वमा नेपाल देखिने र सुनिने भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण