शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

पोखरामा पनि लाग्यो कर्फ्यु

सोमबार, २३ भदौ २०८२, १४ : ५४
सोमबार, २३ भदौ २०८२

पोखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि कास्कीकाे पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु  आदेश जारी गरेकी हुन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले जारी गरेको आदेशमा शहिदचोक आसपास क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख छ । उनका अनुसार शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ । आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

viber_image_2025-09-08_14-53-33-702 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप