शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानमा मन्त्रीसहित हजारौँ व्यक्तिको डाटा चुहियो

सोमबार, २३ भदौ २०८२, १६ : ५४
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । पाकिस्तानमा केन्द्रीय मन्त्रीहरूसहित हजारौं व्यक्तिको संवेदनशील डाटा लिक भएको छ । लिक भएका डाटा अनलाइनमा बिक्रीको लागि राखिएको बताइएको छ ।

पाकिस्तानी मिडियाका अनुसार अनलाइन बिक्रीका लागि उपलब्ध डाटामा मोबाइल सिम, कल लग, राष्ट्रिय परिचयपत्र र विदेश भ्रमणसम्बन्धी जानकारी आदि समावेश छन् । डाटा लिक हुनेमा कैयौं केन्द्रीय मन्त्रीहरू र दलहरूका प्रवक्ताहरू पनि भएको बताइएको छ । 

पाकिस्तानमा विगतमा पनि डाटा लिकका घटनाहरू भएका थिए । तर यति हुँदा हुँदै पनि पाकिस्तानी सरकारले कुनै ठोस कदम चालेको छैन । डाटा लिकको गुनासो गरिएका वेबसाइटहरू विरुद्ध पनि कुनै ठोस कारबाही गरिएको छैन ।

मिडिया रिपोर्टहरूका अनुसार मोबाइल लोकेसन डाटा केवल ५०० रुपैयाँमा अनलाइन बिक्री भइरहेको छ । साथै मोबाइल रेकर्ड डाटा २००० रुपैयाँमा उपलब्ध छ । विदेश भ्रमणको जानकारी भने ५ हजार रुपैयाँमा बिक्रीका लागि राखिएको भनिएको छ ।

डाटा लिक भएकाहरू दुर्व्यवहारमा पर्न सक्ने पाकिस्तानी गुप्तचर एजेन्सीहरूले चेतावनी दिएको छ । 

डाटा चुहावटलाई लिएर पाकिस्तानका आम जनतामा धेरै आक्रोश छ । जनताले डाटा चुहावटको लागि मानिसहरूलाई जवाफदेही बनाउनुपर्ने र यो डाटा चुहावटको पछाडि को छ भनेर पत्ता लगाउनुपर्ने माग गरिरहेका छन् ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले घटनाको अनुसन्धानको आदेश दिएका छन् । अनुसन्धानका लागि १४ सदस्यीय टोली गठन गरिएको छ र अनुसन्धान समितिले दुई हप्तामा सरकारलाई आफ्नो प्रतिवेदन बुझाउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप