शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले भने, 'म नैतिकताका आधारमा राजीनामा दिन्छु'

सोमबार, २३ भदौ २०८२, १९ : ४५
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजनीमा दिने निर्णय गरेका छन् । 

आज साँझ बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले यसबारे जानकारी गराएका हुन् । 'गृहमन्त्रीले नैतिकता आधारमा राजनीमा दिने भन्नुभयो,' कांग्रेस पदाधिकारी बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । 'यति धेरै मान्छे मरे, मैले नैतिकता देखाउनुपर्छ, म राजनीनामा दिन्छु,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दै तीन नेताले भने । 

सोमबार बिहानदेखि जेनजी पुस्ताले गरेको आन्दोलनले उग्र रूप लिँदा र सरकारी दमन हुँदा देशभर १९ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप