देश जलिसक्दा गृह मन्त्रालय मौन
काठमाडौँ । जेनजी पुस्ताले सोमबार गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा काठमाडौँमा १७ र सुनसरीमा दुई जनाको मृत्यु भयो । घाइते भएका सयौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार बिहानैबाट सोमबार भएको नरसंहारविरुद्ध देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन् । तर, आम नागरिक र देशको शान्ति सुरुक्षाको नेतृत्व गर्ने गृह मन्त्रालय भने चुपचाप छ ।
अहिलेसम्म गृह मन्त्रालयका तर्फबाट न आन्दोलनबारे आधिकारिक विज्ञप्ति जारी भएको छ न त अहिलेसम्म हताहती भएको संख्या र घाइतेको विवरण सार्वजनिक भएको छ ।
जेनजीको आन्दोलनमा धेरैको हताहती भएकाले नौतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी बैठकमा नेताहरूले राजीनामा दिन सुझाएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
त्यसपछि गृह मन्त्रालय नेतृत्वविहीन भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले सोमबार राति १२ बज्नै लाग्दा एउटा विज्ञप्ति त जारी गरे । तर, जेनजीको आन्दोलनमा कतिको मृत्यु भयो ? कति घाइते भए ? भन्ने केही तथ्यांक उल्लेख छैन । प्रवक्ता काफ्लेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा काठमाडौं लगायत देशका विभिन्न भागमा भएको घटना र सोबाट हुन गएको मानवीय क्षतिप्रति गृह मन्त्रालय गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको समेत जानकारी गराइन्छ ।’
बरु काफ्लेको विज्ञप्तिमा विभिन्न स्वार्थ समूहहरूबाट भएको घुसपैठ भएको उल्लेख गरिएको छ । ‘प्रदर्शनमा विभिन्न स्वार्थ समूहहरूबाट भएको घुसपैठका कारण थप हिंसात्मक घटना घट्न गई दुःखद परिस्थिति सिर्जना भएको मन्त्रालयको प्रारम्भिक निश्कर्ष छ,’ विज्ञप्तिमा लेखिएको छ ।
प्रधानमन्त्री ओलीले अहिलेसम्म लेखकले राजीनामा दिएपछि कसैलाई मन्त्रालयको जिम्मेवारी दिएका पनि छैनन् आफ्नो साथमा ल्याएको पनि घोषणा गरेका छैनन् ।
प्रवक्ता काफ्लेले रातोपाटीसँग लेखकले राजीनामा दिएपछि नयाँ कसलाई पठाउनेबारे जानकारी मन्त्रालयमा नआएको बताए । उनले आज कसरी अगाडि बढ्ने भन्नेमा अलमल नै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण