सुर्खेतमा जेनजी आन्दोलनको ताण्डव : राजधानीमा व्यापक तोडफोड र आगजनी
सारांश
- वीरेन्द्रनगरमा जेनजी आन्दोलनले राजनीतिक दलका कार्यालय, सरकारी भवन र नेताको निवासमा तोडफोड र आगजनी गर्यो।
- आन्दोलनका क्रममा १२ जना प्रहरी घाइते भए भने एक जना आन्दोलनकारी घाइते भएका छन्।
- प्रहरीले गोली प्रहार नगरेको जनाएको छ भने कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी छ, जसले जनजीवन अस्तव्यस्त बनाएको छ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार जेनजी आन्दोलनको चपेटामा पर्दा ठुलो क्षति भएको छ। बिहानैदेखि सुरु भएको आन्दोलनले दिउँसो १२ बजेपछि उग्र रूप लिँदा राजनीतिक दलका कार्यालय, सरकारी भवन र नेताका निवासहरूमा व्यापक तोडफोड र आगजनी भएको छ।
राजधानीको शान्ति भंग गर्दै आन्दोलनकारीले दर्जनौँ स्थानमा क्षति पुर्याएका छन्। जेनजी आन्दोलनकारीले मुख्यतया राजनीतिक दलका कार्यालयहरूलाई निशाना बनाए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोड गरी आगजनी गरिएको छ। यसैगरी, वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ।
सरकारी सम्पत्ति र नेताका निवासमा निशाना
आन्दोलनकारीको आक्रोशबाट सरकारी सम्पत्ति र नेताका निजी निवासहरू पनि जोगिन सकेनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गरियो भने मुख्यमन्त्री यामलाल कँडेलको सरकारी निवास र भैरवस्थानस्थित निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको वीरेन्द्रनगरस्थित निवास पनि तोडफोड र आगजनीको सिकार भयो। अन्य क्षतिहरूमा सरकारी वकिल कार्यालय सुर्खेतको गाडीमा आगजनी, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा तोडफोड, नापी कार्यालयमा आगजनी र कर्णाली प्रदेश सभामा तोडफोड तथा आगजनी प्रमुख छन् ।

वीरेन्द्रनगरको सिटी हलमा पनि आगजनी र तोडफोड भएको छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालको घर र वीरेन्द्रनगर नगरपालिका(६ को वडा कार्यालय भवनमा पनि तोडफोड र आगजनी भएको छ ।
यस आन्दोलनका क्रममा करिब १२ जना प्रहरी घाइते भएका छन् भने एक जना आन्दोलनकारी पनि घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले आन्दोलनकारीमाथि कुनै गोली प्रहार नगरिएको जानकारी दिए।
उनका अनुसार वीरेन्द्रनगरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब ४०० सुरक्षाकर्मी परिचालन गरिएको थियो।
बेलुका चार बजेतिर कर्फ्यु आदेश जारी गरिए पनि आन्दोलनकारीहरूले त्यसको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् । यस घटनाले वीरेन्द्रनगरको जनजीवन अस्तव्यस्त बनेको छ भने थप क्षतिको सम्भावना बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण