काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो
सारांश
- काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले कर्फ्यूको समय थप गर्दै निषेधाज्ञा जारी गरेको छ।
- निषेधाज्ञामा मानिसहरू जम्मा हुन, आवतजावत गर्न, भेला वा जुलुस गर्न पाइने छैन।
- अत्यावश्यक सेवा र सुरक्षाकर्मीलाई आवतजावतमा सहजीकरण गरिनेछ।
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा हस्ताक्षरित कर्फ्यू आदेशमा स्थानीय प्रशासन ऐनबमोजिम जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयानुसार जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । आदेशमा जिल्लाभर पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला–जुलुस प्रदर्शन, सभा र घेराउ गर्न नपाउने उल्लेख गरिएको छ ।
यस्तै, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, औषधि, दूध र तरकारी बोक्ने सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक र अन्तरराष्ट्रिय हवाई टिकट भएका यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने ढकालले बताए ।
यसअघि जिल्लामा सोमबार राति १० बजेदेखि पटकपटक समय थप गरी आज बिहान ६ बजेसम्म कर्फ्यू आजेश जारी गरिएको थियो । स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न परिचालन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण