बिमा प्राधिकरणको निर्देशन : असहज परिस्थितिका कारण भएका क्षतिकाे दाबी शीघ्र फर्छ्यौट गर्नु
सारांश
- नेपाल बिमा प्राधिकरणले क्षतिको बिमा दाबी छिटो फर्छ्यौट गर्न निर्देशन दिएको छ।
- प्राधिकरणले बिमितको धन सम्पत्तिमा भएको क्षतिको विवरण साप्ताहिक रूपमा पेस गर्न भनेको छ।
- प्राधिकरणले बिमा कम्पनीहरूलाई बिमितहरूलाई राहत प्रदान गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बिमा दाबी यथासम्भव छिटो र सहज ढङ्गले फर्छ्यौट गर्न सम्पूर्ण निर्जीवन तथा लघु निर्जीवन बिमकहरूलाई निर्देशन दिएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै २३ गतेदेखि देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बिमा दाबी यथासम्भव छिटो र सहज ढङ्गले फर्छ्यौट गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले बिमितको धन सम्पत्तिमा भएको क्षतिको विवरण साप्ताहिक रूपमा पेस गर्न पनि भनेको छ ।
प्राधिकरणले भनेको छ- ‘देशका विभिन्न स्थानमा २३ गतेदेखि उत्पन्न असहज परिस्थितिले सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको सर्वविदितै छ। यस विषम परिस्थितिमा बिमितको धन सम्पत्तिमा भएको क्षति तथा उत्पन्न असहजतालाई मध्यनजर गर्दै, बिमा दाबीलाई सकेसम्म छिटो र सहज तरिकाले समाधान गर्नु ।’
क्षति भएका बिमा दाबीको विवरण प्रत्येक हप्ताको बुधबार अनिवार्य रूपमा प्राधिकरणलाई बुझाउनुपर्ने उल्लेख छ । प्राधिकरणले विषम परिस्थितिका कारण बिमितहरूलाई राहत प्रदान गर्न बिमा कम्पनीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण