संविधानको रक्षा तथा राष्ट्रपतिलाई सार्वजनिकको माग गर्दै वीरगञ्जमा प्रदर्शन
बिहीबार, २६ भदौ २०८२, १८ : ३७
वीरगञ्ज । वीरगञ्जमा नेपाली कांग्रेस निकट युवाहरूले हातमा संविधानको किताब लिएर त्यसको रक्षाको माग गर्दै प्रदर्शन गरेका छन्।
बिहीबार साँझ जारी निषेधाज्ञाबिच वीरगञ्जको घण्टाघरमा कांग्रेस निकट युवाहरूले संविधानको रक्षाका साथै राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
जेनजी पुस्ताको आन्दोलनले निम्त्याएको राजनीतिक शून्यता र अनिश्चितताकाबिच नेपाली कांग्रेस निकट युवाहरूले संविधानको रक्षा र संसद् विघटनको विरुद्धमा प्रदर्शन गरिएको कांग्रेस क्षेत्रीय सभापति महम्मद शहाबुद्दिनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण