रौतहटमा लाल बकैया नदीमा पौडी खेल्दा किशोर बेपत्ता
शुक्रबार, २७ भदौ २०८२, ०८ : ०२
सारांश
- रौतहटको ईशनाथ नगरपालिकामा एक किशोर लाल बकैया नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।
- पाँच जना किशोर पौडी खेल्न जाँदा १५ वर्षीय बिगन साहलाई भेलले बगाएको हो, अन्य चार जना सकुशल निस्किए।
- प्रहरी र स्थानीयको सहयोगमा बेपत्ता किशोरको खोजी कार्य जारी छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन।
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–१ वनजरहा स्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो पाँच जना किशोरहरू नदीमा नुहाउन गएका बेला अचानक आएको भेलले १५ वर्षीय बिगन साहलाई बगाएको हो। अन्य चार जना भने सकुशल नदीबाट बाहिर निस्कन सफल भएका थिए।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार नदीमा बेपत्ता भएको साहको खोजी कार्य स्थानीयवासी र प्रहरीको सहयोगमा भइरहेको छ। तर, अहिलेसम्म फेला पार्न सकिएको छैन।
स्थानीयलाई सावधानी अपनाउन आग्रह गर्दै प्रहरीले नदी किनार क्षेत्रमा आवतजावत गर्दा सतर्क रहन समेत अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण