शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

संविधानको रक्षा गर्न माग गर्दै रौतहटमा कांग्रेसको शान्तिपूर्ण प्रदर्शन

शुक्रबार, २७ भदौ २०८२, १३ : ४१
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसले रौतहटमा संविधान र लोकतन्त्रको रक्षाका लागि शान्तिपूर्ण प्रदर्शन गरेको छ।
  • गरुडा बजारमा कांग्रेसका नेता कार्यकर्ताले प्लेकार्डसहित नारा जुलुस गर्दै प्रदर्शन गरे।
  • फतुवा विजयपुरमा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको नेतृत्वमा संविधान रक्षाको लागि प्रदर्शन भयो।

रौतहट । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि रौतहट जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। शुक्रबार भएको यस प्रदर्शनमा पार्टीका दर्जनौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

गरुडा बजारमा कांग्रेसका नेता-कार्यकर्ताहरूले प्लेकार्डसहित मूल सडकमा नारा-जुलुस गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले ‘संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गरजस्ता नारा लगाएका थिए। 

गरुडाको कार्यक्रममा कांग्रेसका मेयर प्रत्यासी सुनिलकुमार यादव, उपमेयर पुनम कुमारी चौधरी, वृन्दावन नगरपालिकाका पूर्व मेयर रामसिनेही यादव, वडा अध्यक्ष प्रत्यासी रमेश प्रसाद यादवसहित जिल्ला र नगर तहका नेताहरूको सक्रिय उपस्थिति थियो। नेताहरूले संवैधानिक शासनको निरन्तरताले मात्र राष्ट्रको स्थायित्व र जनअधिकारको सुरक्षा गर्न सकिने बताएका थिए।

congress rautahat

यसैगरी, फतुवा विजयपुर नगरपालिकाको विजयपुर बजारमा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको नेतृत्वमा अर्को सशक्त प्रदर्शन भएको थियो। उनले संविधानमाथि भइरहेको खतराप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, ‘संविधानमाथि आँच आउनु केवल कागज च्यातिनु होइन, यो हाम्रो सङ्घर्ष, बलिदान र पहिचानमाथिको प्रहार हो।’

फतुवा विजयपुरका सहभागीहरूले ‘संविधानको रक्षा गरौं, लोकतन्त्र बचाऔं र विदेशी हस्तक्षेप बन्द गर’ जस्ता नारासहित बजार परिक्रमा गरेका थिए। कार्यक्रममा कांग्रेसका निवर्तमान नगर प्रमुख गोपाल राय यादवले पनि संवैधानिक सीमाभित्रै रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप