आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जलेको शीतल निवासको प्राङ्गणमा मन्त्रीहरूको शपथ

सोमबार, ३० भदौ २०८२, ११ : ४७
सोमबार, ३० भदौ २०८२

सारांश

  • भदौ २४ गतेको प्रदर्शनमा जलेको शीतल निवासको प्राङ्गणमा मन्त्रीहरूको शपथ हुने भएको छ।
  • शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणको लागि मञ्च तयार गरिएको छ।
  • आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ राष्ट्रपति कार्यालयमा हुनेछ।

काठमाडौँ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार मन्त्रीहरूको शपथ भएको छ । 

शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि मञ्च बनाइएको थियो । यस्तै मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखियो । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको थियो । 

यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको हो । 

आज अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप