शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी :  मन्त्रालय र कार्यालयहरूको ४३ वटा चारपांग्रे सवारी साधनमा तोडफोड र आगजनी

मङ्गलबार, ३१ भदौ २०८२, ११ : २०
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • पोखरामा जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश सरकारका ४३ वटा चारपांग्रे सवारी साधनमा तोडफोड तथा आगजनी भएको छ।
  • मुख्यमन्त्री कार्यालयसहित ६ वटा मन्त्रालयमा तोडफोड र आगजनी भएको छ भने ४ वटा मन्त्री क्वार्टरमा क्षति पुगेको छ।
  • क्षति संकलनको क्रम जारी रहेको र सामान्य सेवाहरू सुरु भैसकेको सचिव ढकालले जानकारी दिए।

पोखरा । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूको मात्रै ४३ वटा चारपांग्रे सवारी साधनमा तोडफोड र आगजनी भएको छ । प्रदेश सचिव रमेश ढकालका अनुसार प्रारम्भिक रिपोर्टले ४३ वटा गाडीमा क्षति पुगेको हो । ती सवारी प्रयोग गर्न नमिल्ने खालको छ ।

यस्तै, १ सय २ वटा दुईपांग्रे सवारीमा पनि क्षति पुगेको छ । मन्त्रालयभित्र रहेका २ वटा अन्य निजी सवारी पनि आगजनी र तोडफोड भएको ढकालले जानकारी दिए । ‘पूरा विवरण आउन केही दिन लाग्छ । प्रारम्भिक रूपमा हेर्दा अहिलेको क्षति लगभग आएको छ,’ उनले भने ।

क्षति संकलन गर्ने क्रममा जारी रहेको उनले बताए । यस्तै, मुख्यमन्त्री कार्यालयसहित गण्डकीका ६ वटा मन्त्रालयमा तोडफोड र आगजनी गरिएको छ । ४ वटा मन्त्री क्वार्टरमा पनि क्षति पुगेको छ । कृषि मन्त्रालय, स्वास्थ्य र अर्थ मन्त्रालयमा खासै क्षति पुगेको छैन । अन्यत्र आगजनी भएको छ ।

पूर्ण रूपमा कार्यालयको सेवा सुरु गर्न अझै समय लाग्ने बताइएको छ । तर सामान्य सेवाहरू सुरु भैसकेको सचिव ढकालले जानकारी दिए । सञ्चालनमा ल्याउन नसकिने मन्त्रालय वा कार्यालयको लागि वैकल्पिक कार्यालयको खोजी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप