पोखरा उद्योग वाणिज्य सङ्घले निकाल्यो शान्तियात्रा
सारांश
- पोखरा उद्योग वाणिज्य संघले जेनजी प्रदर्शनपछिको अशान्तिका विरुद्ध शान्ति यात्रा निकाल्यो।
- शान्ति यात्रामा उद्योगी, व्यवसायी र सामाजिक व्यक्तिहरूको सहभागिता रहेको थियो।
- संघका अध्यक्षले शान्ति कायम गर्न र व्यवसायलाई संयमतापूर्वक चलाउन आग्रह गरे।
पोखरा । जेनजी प्रदर्शनपछि पनि निरन्तर अशान्त गतिविधि चलिरहेको अवस्थामा पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले शान्तियात्रा निकालेको छ । सङ्घले मंगलबार पोखरामा शान्तियात्रा निकालेको हो ।
यात्रामा पोखराका उद्योगी, व्यवसायीसँगै सामाजिक व्यक्तिहरू सहभागी थिए । 'परिवर्तन भैसकेको छ । अब देशमा नयाँ सरकार आइसकेको छ । अब फेरि शान्ति खोज्नु छ,' संघका अध्यक्ष गोकर्ण कार्कीले भने, 'आन्दोलनमा घुसपैठबाट लुटपाट, आगजनी भएको छ । सार्वजनिकदेखि निजी सम्पत्तिमा क्षति भएको छ । अब शान्ति कायम हुनुपर्छ भनेर यात्रा निकालिएको हो ।'
उनले संयततापूर्वक व्यवसाय चलाउन व्यवसायीसँग आग्रह गरे । शान्ति र अमनचयन कायम गराउन सरकारलाई निजी क्षेत्रको तर्फबाट पूर्ण साथ दिइने सहभागीहरूले प्रतिबद्धता जनाएका छन् । पोखरामा दर्जनौं व्यवसायीक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको छ । व्यवसायीहरू यसबाट प्रताडित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण