शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अपडेट : तनहुँबाट धनुषा जाँदै थियो सेनाको ट्रक, ३ जनाको अवस्था गम्भीर

मङ्गलबार, ३१ भदौ २०८२, १६ : २७
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • मकवानपुरको चुरियामाई मन्दिर नजिक नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ सैनिक घाइते भएका छन्।
  • दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
  • तनहुँबाट धनुषा जाँदै गरेको सेनाको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको थियो।

हेटौँडा । मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक दुर्घटना भएको नेपाली सेनाको ट्रक तनहुँबाट धनुषा जाँदै गरेको खुलेको छ । ट्रक आइतबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

दुर्घटनामा १६ जना सैनिक घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । तनहुँस्थित नम्बर २ राजदल गणबाट धनुषाका लागि उपसेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा हिँडेको ४ वटा ट्रककोमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो। 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चुरियामाई पुलबाट दिउँसो करिब २:५० बजे ट्रक अनियन्त्रित भई करिब १२ फिट तल खोल्सामा खसेको प्रवक्ता अर्यालले बताए। ट्रकमा चालकसहित २२ जना सैनिक सवार थिए। 

घाइते सैनिकहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । तीन जनाबाहेक घाइते १३ जनाको अवस्था खतरामुक्त छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप