बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टोटनहमको रणनीति : डिफेन्समा बलियो, आक्रमण शैली सुस्त

बुधबार, ०१ असोज २०८२, १७ : ५२
बुधबार, ०१ असोज २०८२

सारांश

  • टोटेनहमले च्याम्पियन्स लिगमा भिल्लारियललाई १-० ले हरायो, जुन सिजनको चौथो क्लिन सिट थियो।
  • टोटेनहमको डिफेन्स रणनीति गत सिजनको आक्रामक शैलीभन्दा फरक थियो, जसले विपक्षीलाई गोल गर्न दिएन।
  • प्रशिक्षक फ्र्याङ्कले डिफेन्स बलियो भएको र आक्रमणमा सुधार गर्नुपर्ने बताए।

काठमाडौँ । गत सिजन टोटनहमको मानसिकता विपक्षीलाई फराकिलो गोलअन्तरले हराउने थियो, तर अहिले मैदानमा विपक्षीलाई गोल गर्न नदिने अर्थात् (डफेन्सिप) रणनीतिमा छ । 

टोटनहमले च्याम्पियन्स लिगको गएरातिको पहिलो खेलमा भिल्लारियललाई १–० ले हराउनु थोमस फ्र्याङ्कको नेतृत्वमा यो सिजनको पाँच खेलमा चौथो ‘क्लिन सिट’ (गोल गर्न नदिनु) हो । अघिल्लो सिजनको यही चरणमा एन्जे पोस्टेकोग्लुको नेतृत्वमा आक्रमण शैलीमा जाँदा टोटनहमले एउटा मात्र क्लिन सिट निकालेको थियो । 

‘हामीले यस वर्ष ‘क्लिन सिट मानसिकता’बारे धेरै कुरा गर्‍यौँ, किनकि हामीले गत वर्ष धेरै गोल खाएका थियौँ । भिल्लारियलले एउटा पनि ‘सट अन टार्गेट’ गर्न सकेन । त्यसैले हामीले डिफेन्समा राम्रो गर्‍यौँ,’ टोटनहमका मिडफिल्डर लुकास बर्गभलले भने । 

डिफेन्डर मिकी भान डे भेनले थपे, ‘मलाई लाग्छ हामीविरुद्ध खेल्न गाह्रो छ । संरचनाको हिसाबले हामी धेरै राम्रो छौँ र हामी सबैलाई के गर्ने थाहा छ । त्यसैले हामीलाई हराउन गाह्रो छ ।’

भिल्लारियलविरुद्ध फ्र्याङ्कको टोटनहमको खेल शैली पोस्टेकोग्लुको नेतृत्वमा आक्रामक फुटबलको तुलनामा धेरै फरक थियो । भिल्लारियलका गोलकिपर लुइज जुनियरको गल्तीका कारण खेलको चौथो मिनेटमै गोल गरे पनि टोटेनहम डिफेन्स लाइनमा धेरै सतर्क देखियो । टोटेनहमका डिफेन्डर भान डे भेनले भिल्लारियलका धेरैजसो सटहरूलाई विफल पारेका थिए । भिल्लारियलले १० वटा सट प्रहार गरे पनि गुग्लिएल्मो भिकारियोले खेलभरि एउटा पनि बचाउ गर्नुपरेन ।

टोटेनहमले खेल अवधिभर एक मात्र ‘सट अन टार्गेट’ गर्न सक्यो । जुन घरेलु दर्शकहरू उत्साहित हुनका लागि यो धेरै कम थियो । ‘हामीले वास्तवमै राम्रोसँग डिफेन्स गर्‍यौं र भिल्लारियलजस्तो राम्रो टोलीलाई खेलभरि थोरै अवसर दियौँ । आक्रमण शैलीमा हामी केही कमजोर बन्यौँ । दोस्रो हाफमा हामीले भिल्लारियलका खेलाडीहरूलाई खेल्न दिने र त्यसपछि डिफेन्स गर्ने निर्णय गरेका थियौँ,’ प्रशिक्षक फ्र्याङ्कले भने ।

टाइट डिफेन्स तर आक्रमणमा कमजोर !

टोटनहमले यो सिजनमा ८ गोल गरिसक्दा प्रिमियर लिगमा एउटा मात्र गोल खाएको छ, त्यो बर्नमाउथसँगको १–० को हारमा थियो । गत सिजनको सुरुको तुलनामा यो धेरै सुधार हो । टोटेनहमले पहिलो पाँच खेलमा पाँच गोल खाएको थियो । 

प्रिमियर लिगमा टोटनहमले अहिलेसम्म तीन ‘क्लिन सिट’ राखेको छ । यसको मतलब टोटेनहम गत सिजनको कुल बराबरी गर्नबाट दुई खेल मात्र टाढा छन् । तर, यो प्रदर्शन टोटेनहमका लागि राम्रो भने होइन, भिल्लारियलविरुद्ध एउटा मात्र ‘सट अन टार्गेट’ हुनु र पछिल्लो तीन खेलमा उसले दोस्रो पटक गोलका लागि मिहिनेत गर्नुपरेको हो । 

आफ्नो आक्रमण शेलीमा भने परिवर्तन गर्ने कुरामा प्रशिक्षक फ्र्याङ्क पनि सचेत छन् । 

‘हामीसँग हाम्रो डिफेन्स लाइन धेरै बलियो छ, त्यसलाई सुधार गर्नुपर्ने कुनै पक्ष हामीलाई छैन । हामीले विपक्ष टोलीलाई गोल गर्न थोरै अवसर दियौँ । यो च्याम्पियन्स लिग त्यो पनि राम्रो टोलीविरुद्ध । नयाँ शैली देखाउन असहज हुन्छ,’ प्रशिक्षक प्रशिक्षक फ्र्याङ्कले भने । 

बीबीसीबाट 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप