सल्यान प्रहरीद्वारा अवैध भरुवा बन्दुक बरामद
सोमबार, ०४ साउन २०८३, १६ : १०
सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छनाल अवैध भरुवा बन्दुक फेला परेको छ ।
सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो।
ती दुवै ‘सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध बन्दुक छन्’ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौर सल्यानबाट खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्दा छ वटा भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।
बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाइ राखेका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण