१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोमबार, ०४ साउन २०८३, १३ : ११
सारांश
- म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय बिकल विक पक्राउ परेका छन् ।
- मालिका गाउँपालिका-५ देविस्थान पन्थुकका विकलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
- प्रहरी चौकी मुनाताकमबाट खटिएको टोलीले उजुरीको आधारमा विकलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
म्याग्दी । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिकलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण