मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
समाचार

कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो

सोमबार, ०४ साउन २०८३, १२ : २६
सोमबार, ०४ साउन २०८३

सारांश

  • कञ्चनपुरमा च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्।
  • आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका महिलाहरूको खोजीका लागि प्रहरी र सेनाको टोली खटिएको छ।
  • उनीहरूसँगै गएका ३ जनाको भने सकुशल उद्धार गरिएको छ।

कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाहरू सम्पर्कविहीन भएका छन् । 

आइतबार बिहान ११ बजेबाट उनीहरू सम्पर्क विहीन भएका हुन् ।

महिलाहरूको खोजीमा प्रहरी र सैनिक टोली खटिएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटा घर भएका महिलाहरूको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा परिचालित सेनाको टोलीले उनीहरूको खोजी कार्य गरिरहेको छ ।

सम्पर्कविहीन भएका महिलाहरू निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जमा छिरेको थाहा भएको छ । सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन् ।

उनीहरूसँगै गएका ३ जनाले परिवारलाई फोन गरेपछि प्रहरीले उनीहरूको उद्धार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप