कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
सारांश
- गत असारमा कास्की प्रहरीले ६६ फरार प्रतिवादी पक्राउ गरेको छ।
- पक्राउ परेकाबाट ठूलो रकम जरिवाना र कैद असुल भएको छ।
- प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ।
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत असारमा ४८ पुरुष र १८ महिला गरी ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।
पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । प्रतिवादीबाट ११ वर्ष ११ महिना दुई दिन कैद र रु दुई करोड ३९ लाख ७२ हजार ९९५ बिगो रकम असुलउपर भएको उनको भनाइ छ ।
चेक अनादर, सार्वजनिक अनादर, अंश मानाचामाल, बिगो लेनदन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारसम्बन्धी कसुरलगायतमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न अपराधसँग सम्बन्धित २४५ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका ११, आर्थिक अपराधका ८५ र अन्य अपराधसँग सम्बन्धित १२१ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण