मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
दाङ। कुनै समय बरदान सावित बनेको दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल अहिले प्रयोगविहीन बनेको छ। यहाँ मोटरेबल पुल बनेपछि लमही र राजपुर जोड्ने एउटा प्रभावकारी माध्यम बनेको उक्त पुल अहिले प्रयोगविहीन बनेको हो।
केही वर्ष पहिले राप्ती नदीका अधिकांश ठाउँमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गरिरहेको अवस्थामा उक्त पुलले निकै सहज बनाएको थियो । सोही पुलको १०० मिटर नजिकै पक्की मोटरेबल पुल बनेपछि अहिले झोलुङ्गे पुल प्रयोगविहीन बनेको स्थानीय बताउँछन्।
“पहिले यो पुल निकै प्रयोग हुन्थ्यो, बरदानजस्तै बनेको थियो”, राजपुर निवासी रमेश बुढाले भने, “तर, नजिकै मोटरेबल पुल बनेपछि प्रयोग हुन छाडेको छ ।” कुनै समय यो पुलले वारपार गर्न निकै सहज हुने गरेकामा प्रयोग हुन छोडेपछि जीर्ण बन्दै गएको उनको भनाइ छ। राजपुर गाउँपालिकासँग राजमार्गको सम्बन्ध नहुँदा यही पुलले सम्बन्ध जोडेको थियो।
अहिले उक्त पुल प्रयोगविहीन भएकाले यसलाई निकालेर अन्य पुल नभएको ठाउँमा लैजान सकिएमा डुङ्गाबाट यात्रा गरिरहेका नागरिकलाई सहज हुने बुढाले बताए। “धेरै ठाउँमा पुल छैनन्, तर, यहाँ एकै ठाउँमा दुई वटा पुल भएकाले अन्य स्थानमा स्थानान्तरण गर्दा हुने देखिन्छ”, उनले भने, “यसलाई निकालेर पुल नभएको ठाउँमा लैजान सकिए त्यहाँका नागरिकलाई सहज हुन्थ्यो।”
यस क्षेत्रका अधिकांश ठाउँमा अहिले पनि डुङ्गाको सहारा लिनुपर्ने अवस्था रहेको भन्दै उनले यसमा सरोकार भएका निकायको ध्यानाकर्षण गराए। उनका अनुसार रु ३५ करोड लागतमा २८० मिटर लामो पुल बनेको छ । उक्त पुल बनेपछि सवारीसाधन आवतजावत गर्न सहज भएको छ । सोही पुल तारेर हुलाकी राजमार्गमा पनि यात्रा गर्न जान सकिन्छ।
करिब चार वर्षअघि यहाँ मोटरेबल पुल निर्माण भएको थियो । पुल निर्माण भए पनि सोही ठाउँको सडक भने स्तरोन्नति हुन सकेको छैन। यहाँबाट भारतसँग जोडिएका विभिन्न नाकामा आउजान गर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण