पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
सारांश
- फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
- खेलको ४१औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले पहेँलो कार्ड पाए भने ४४औँ मिनेटमा चोटका कारण मैदान बाहिरिए।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थिति रहेको यस खेलको पहिलो हाफ केही अव्यवस्थित देखिएको छ।
काठमाडाैँ । फिफा विश्वकप २०२६ को उपाधिका लागि भइरहेको फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
न्युयोर्क न्युजर्सी स्टेडियममा जारी निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक खेलको पहिलो ४५ मिनेटमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि स्कोरबोर्डमा परिवर्तन हुन सकेन।
खेलको सुरुवाती समयदेखि नै स्पेनले बलमाथि नियन्त्रण जमाउँदै अर्जेन्टिनालाई दबाबमा राख्ने प्रयास गरेको थियो। यद्यपि, अर्जेन्टिनाको शारीरिक रूपमा आक्रामक खेल र बलियो रक्षापंक्तिले स्पेनका फरवार्डहरूलाई खुलेर खेल्न दिएन।
खेलको ४१औँ मिनेटमा स्पेनका मिकेल ओयार्जाबाललाई लडाएपछि अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजले पहेँलो कार्ड पाएका थिए । लगत्तै ४४ औँ मिनेटमा चोटका कारण मार्टिनेज आँसु झार्दै मैदान बाहिरिन बाध्य भए। उनको स्थानमा अनुभवी निकोलस ओटामेन्डी मैदान प्रवेश गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत उपस्थिति रहेको यस खेलको पहिलो हाफ केही अव्यवस्थित देखिए पनि दोस्रो हाफमा दुवै टोलीले आक्रामक रणनीति अपनाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण