सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
सोमबार, ०४ साउन २०८३, १४ : ३२
सुर्खेत । सुर्खेतमा सवारी साधनको कारबाहीबाट करोड भन्दा धेरै रकम राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्ष २०८२/२०८३ मा १ करोड ३२ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए।
उनका अनुसार, यो राजस्व ट्राफिक नियम उल्लङ्घन गर्ने वा विभिन्न कानुनी कारबाहीमा परेका सवारी साधनबाट सङ्कलन भएको हो। गत वर्ष सुर्खेत जिल्लाभर १४ हजार ९४९ वटा सवारी साधन कारबाहीमा परेका थिए । यस्तै सडक दुर्घटनातर्फ गत वर्ष जिल्लाभर ६९० वटा सवारी दुर्घटना भएका थिए।
जसमा ३७ जनाको मृत्यु भएको छ भने १ हजार १६६ जना घाइते भएका छन्। सवारी दुर्घटना सम्बन्धी २ हजार ७०७ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको र उक्त कार्यक्रमबाट २ लाख ३१ हजार १३७ जना लाभान्वित भएको प्रहरी प्रमुख पोखरेलले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण