शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

महानगरको स्पष्टीकरण-‘दमकल जान सक्ने ठाउँमा तत्काल पुर्‍याएका थियौँ ’

बिहीबार, ०२ असोज २०८२, १० : ४४
बिहीबार, ०२ असोज २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनको नाममा सिंहदरबार र सर्वोच्च अदालतमा दमकल नपठाएको आरोपको खण्डन गरेको छ।
  • महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल पठाएको र सुरक्षाको कारणले ढिलाइ भएको बताए।
  • आन्दोलनको कारण आगलागी भएको ठाउँमा निभाउन ५ वटा दमकल परिचालन गरिएको पाण्डेले जानकारी दिए।

काठमाडौँ । जेनजी आन्दोलनको नाममा  सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल नपठाएकोमा भएको आलोचनालाई काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ ।  महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल दमकल पठाएको भन्दै आज पत्रकार सम्मेलन मार्फत खण्डन गरेका हुन् ।

पाण्डेले सिंहदरबारमा २४ गते बेलुकै  सवा ८ बजेदेखि नै दुईवटा दमकल पुर्‍याएको दाबी गरेका छन् । ‘हामीले पहिले नै पठाउन खोजेका थियौँ । तर न्यूरोड लगायत क्षेत्रमा आन्दोलन जारी रहँदा सुरक्षाको कारणले पठाउन नसकेको हो । स्कर्टिङ गरेर समेत लैजान सकेनौँ । तर दमकल बेलुका नै पुर्‍याइसकेका थियौँ ।’  

सिंहदरबार र सर्वोच्च अदालतमा दमकल पठाउन खोज्दा पनि सुरक्षाको कारण केहि ढिलाइ भएको उनले स्वीकार गरेका छन् ।  पाण्डेले आन्दोलनको कारण आगलागी भएको ठाउँमा निभाउन  ५ वटा दमकल परिचालन भएको बताएका छन् ।

 उनले काठमाडौँ महानगरको दमकल २४ गते बेलुका सवा ८ बजेबाट २६ गते बिहानसम्म विभिन्न ठाउँमा लागेको आगो निभाउन परिचालन भएको दाबी गरे ।   उनले पानी फिलिङ गर्न समय लाग्छ भनेर पानी ट्याकंरहरुलाई अनुरोध गरेर तत्काल फिलिङ गर्ने व्यवस्था गरेर समेत दमकल परिचालन भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप